‘आँधी तुफान–२’ बन्ने

291 total views, 3 views today

२०७७ असार ३ काठमाडौं । चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठले चलचित्र ‘आँधी तुफान’को सिरिज बनाउने भएका छन् । लकडाउनको समयमा उनले चलचित्र ‘आँधी तुफान(२’ को कथा लेखेको बताएका छन् । चलचित्र ‘आँधी तुफान’ वि।सं २०६१ सालमा निर्माण भएको थियो । महेन्द्र बुढाथोकी निर्देशित यो चलचित्र व्यावसायिक रुपमा सफल पनि भएको थियो । यो चलचित्रको छायांकन भदौबाट सुरु गर्ने तयारी मौनताको छ । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चलचित्रका लागि निर्देशक र कलाकारको छनोट भइरहेको बताइएको छ ।

लेडी एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । अब यसको सिरिजका लागि पनि नयाँ तथा पुराना अनुहारलाई लिने तयारी यसको निर्माणपक्षले गरेको छ । नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा यो चलचित्र निर्माण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार