प्रश्नहरूभित्र आत्महत्या

1,100 total views, 3 views today

के ही दिन अघि एक भारतीय कलाकारले आत्महत्या गरेर संसारबाट बिदा भए । उनलाई र उनको कला मन पराउनेहरुले सहानुभूती प्रकट गर्दै सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जलीका पोष्टहरु धेरै आए, त्यसमध्ये सामाजिक सञ्जालमा श्रद्धाञ्जली पोष्ट्याउनेमा म पनि एक थिए । कसैले त्यस्तो सबैथोक भएको मान्छेले किन आत्महत्या गर्याे होला ? भन्ने प्रश्न गर्दै श्रद्धाञ्जली दिए । कोहिको भाव बिचरा भन्ने खालको थियो । कोहीले कायरता हद भयो भने र केही राष्ट्रवादीहरुले भारतीय मर्दा सहानुभूति प्रकट गरेकोमा खेद ब्यक्त गरे । जे होस् मान्छे पिच्छे फरक फरक किसिमका श्रद्धाञ्जली देख्न पाइयो । यहाँ सवाल मान्छे कहाँको मर्यो भन्दापनि को मर्याे र के कारणले मर्याे भन्ने विषयले बढी चासो पाएको हुनुपर्छ । यस सङ्सङै कुनजमातले रुचाइएको मान्छे थियो भन्ने कुराले गर्दा अली बढी नै चासो दिएको होकि जस्तो देखिन्छ ।

यहाँ तपाई वा मैले आत्महत्या गरेको भए कस्लाइ पत्तो हुने थियो र ? आफ्ना औलामा गन्नमिल्ने नजिकका मान्छे हरुलाइ आाँखा छलिन्थ्यो अथवा सकेसम्म आत्महत्या हैन भनेर समाजको अगाडी लुकाउन कोसिस गरिन्थ्यो । कस्लाइ मतलब तपाईं वा म मरेको ? समाजले थाहै पाएपनी, अनुसन्धान गर्नुपर्ने बाध्यता भए पनि तपाई वा मलाई दुई चार प्रश्नहरुको घेराभित्र राखेर अनुसन्धान गरिन्थ्यो सायद । केही आर्थिक कारण थियो कि ?  घरपरिवार वा कसैबाट कुनै दबाब थियो कि ? कुनै अनैतिक सम्बन्ध वा प्रेम सम्बन्ध कारण थियो कि ? अथवा जिन्दगीमा केही गर्न नसके को फ्रस्टेसन थियो की ? सायद यस्तै यस्तै केही प्रश्न हुने थिए होला । तर यहाँ दाम, नाम, सान, फेम, प्रेम सबैथोक भएको एउटा लक्काजवान कलाकारले आत्महत्या गरेको छ, जसले आत्महत्या सबैकुराको समाधान हैन भन्ने पाठ दिने फिल्ममा अभिनय गरेको थियो र उ आफै ले त्यो कुरा लागू गरेन । उस्ले बुझेन सन्सार बिदल्नुभन्दा पहिले आपूm बदलिन पर्छ । हामीलाई बुझाएर उ सुटुक्क आफ्नो बाटो लागेकोले बढी चासो पाएको हुनुपर्छ ।

 

मैले एक पटक आफ्नो छातीमा हात राखेर आफै लाइ प्रश्न गरे–मलाइ के कुरामा खुसि मिल्छ ? नाम कमाउला, दाम कमाउला, सानले हिँडौला अरे के त्यतीमा निहित छ त मेरो सुख र खुसि ? के आफु मात्र खुसि हुँदा मान्छेले आत्महत्या गर्दैन ? आफ्नो लक्ष्य प्राप्त मान्छेले आत्महत्या गर्दैन ? आफूभित्र प्रश्नको ज्वाला बढदै जाँदा आडैमा बसेर चिया पिइरहेकी खुट्टा र हात पटपट फुटेका आमाको अनुहार हेर्छु अनि खुसि के मा समल्छ अनुमान लगाउन खोज्छु । मेरै अगाडी रहेका आँखामा चस्माको पावरको सहारा लिँदै अनुहारको मुजा प्रष्टै देखिने साठी पुग्नै लागेका मेरो बुबालाई हेर्छु अनि उत्तर खोज्न केहि राहत मिलेजस्तो अनुभुती गर्छु । अनि फेरी मेरो दिमागमा भएको प्रश्नैप्रश्न भएको किताबको पाना पल्टाउछु । खै के खोज्दैछ मान्छे ? किन रोज्दैछ आत्महत्याको बाटो ? जिन्दगी जिउनमा थप उर्जा दाम र नामले थप्छ पक्कै तर यस्ले पनि नपुग्ने रैछ नि त, हैन ? आत्महत्या चाँहीं सबैथोकको समाधान हो र ? जाबो यो एक मुठ्ठी सास फुस्स जाँदा सबै कुरा ठिक भयो त ? केही सेकेन्ड र केही मिनेटको निर्णयले मु्ठी फुक्यो र सककयो, सबै स्वाहा ? किन यति कायर र अपराधी भयौं हामी आफै माथी, आफै लाई मारेर ? मान्छे हरु यहाँ बाँच्न पाउनुपर्छ भनेर लडि रहेका छन रातोदिन । उसले भने बाँच्न पाउनुपर्ने अधिकार छ र बाँच्नुपर्छ भन्ने ठान्दैनन् भने उसको लागि अरु कस्ले ठानिदिन्छ ? दुँनियात रमिता हेरेर बसेको छ, तिमि कति बेला चुक्छौ र तिम्रो जिना हराम गरौं भनेर ।

 

चुक्दै नचुके पनि खाल्डो खनी रहेका छन् तिमिलाई पार्न र पुर्न । सन्सार यस्तै छ । स्वार्थी छ नि त सन्सार, हैन ? एक पटक जन्मदिने बाबा आमालाई सम्झेनौ ? उनिहरुले कहाँ गल्ती गरे तिमि छोरा हुनुमा ? साच्चै तिमि क्रूर, अपराधी र कायर रहेछौं । मैले तिमिलाई यति प्रश्न गरेर मात्र आफु लाई पुर्णविराम लगाउन चाहिन । मेरा केही शब्दहरु फिर्ता लिँदै आफैँ संग प्रश्न गर्न बाध्य भए । तिमी कायर र अपराधी कसरी भयौ ? त्यसो भएत यहाँ किड्निफेल, क्यान्सर र हर्टअट्याक जस्ता रोग लागेर ज्यान गुमाउनेलाई धर्तीका बोझ थिए जस्ले आफ्नो जिबन सन्तुलित रूपमा बााँच्न जानेन्न भनेर भन्नूपर्ने हुन्छ । मैले वा रोग लाग्यो अनि मरे, राम्रै भयो भनेर पनि भन्नूपर्ने हुन्छ । हर्ट अट्याक र आत्महत्यामा के फरक छ ? यी र अरु जुनसुकै रोग लाग्ने ब्यक्ती पनि आप्mनै रहरले मरेका हुन भन्नुपर्ने हुन्छ मैले, हैन र ? हैन भने मानसिक रोगको उपज आत्महत्यालाई मैले कायरताको उपनाम कसरी दिन सक्छु ? मानसिक असन्तुलन जोक हैन नि । जिबन जिउने आट गरेन भनेर कसरी भनाँै , आत्महत्या गर्न सानो आँटले पुग्छ र ? यो हर कोहिले लिन सक्ने आँट होत ? तपाईं आफँै भन्नुस न तपाईं जिउने आँट गर्नु हुन्छ कि मर्ने वा आत्महत्या गर्ने अाँट गर्नु हुन्छ ? हामी मर्नदेखी कति डराउँछौ हामीलाई थाहा छ नि । रहर र खुशी खुशी आत्महत्या गरेको उदाहरण छ कहि कतै सन्सारमा ? यति गन्थन आफै संग गरेपछी आखिर यो गिदि भन्ने जिनिस छ नि त्यस्ले कति खेर के गर्न खटाउँछ अत्तोपत्तो नहुने रहेछ ।

तपाईं माया वा खुशी बिचमा हुनुहुन्छ भने पनि तपाइँको त्यो खोपडीले अह्राय पछि त पछी हट्ने गुञ्जायस नै रैन छ नि । आत्महत्या त मानसिक असन्तुलनको उपज रहेछ , शारिरीक असन्तुलनले अरु रोग निम्त्याउँछ । तपाइँलाई एक्कासी रुघा लागे जस्तै हैन र यो पनि ? चाहे कारण धवुाँ, धुलो, ठन्डा वा मौसम परिवर्तनले होस् । कतिवेला असन्तुलन हुन्छ थाहा नहुने रैछ, चाहे त्यो डाइबेटिज जस्तो बर्षाैको असुन्तलन होस् वा रुघाको जस्तो क्षणिक समयको होस्, असन्तुलन त असन्तुलन नै हो नि, हैन र ? हामी कसैको मृत्युको बारेमा फैसला गरिरहेका छौं । उस्को मृत्युलाई हैन उस्को कामको मल्यांकन गरौं । उस्ले बाचेको जिन्दगी पनि कति असन्तुलित ढंगले बाच्यो होला, सोचौं त एकफेर । उ पनि एउटा रोगी थियो तपाइँ र म जस्तै । बस, उस्ले गरेको आँट हामिले गरेको आँट भन्दा विपरित थियो । विश्व स्वास्थ्य संगठनकै डाटा हेर्ने हो भने बार्षिक रुपमा संसारभरी करिब ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । जसमा आर्थिक रूपमा कमजोर हुनु प्रमुख कारण रहेको पाइएको छ । त्यस वाहेक मानसिक तनाव, असहायता र एक्लोपनका कारण पनि आत्महत्या हुने गरेको तथ्यहरू प्रसस्त छन् । आत्महत्या गर्नेमा महिलाको तुलनामा पुरुषहरुको संख्या दोव्वर बढी छ । उ आज त्यही संख्या भित्र पर्न गयो तर आर्थिक रूपमा कमजोर हुने भित्र परेन । पक्कै सायद अरू नै कुनै जटील कारणहरू थिए । रोगले समय र परिस्थिती संगै आफ्नो लक्षण परिबर्तन गर्दै जाने हे भने तथ्य पछिल्लो मेडिकल रिर्पाेटले देखाएको छ ।

कोरोनालाइ नै हेरौ न, यसले दिनानु दिन समय र परिस्थिती अनुरूप आफ्ना लक्षणहरू परिवर्तन गर्दै गएको देखिन्छ । ठिक त्यसरी नै मानसिक असन्तुलनका लक्षण र कारणहरू पनि परिवर्तन हुँदै जाँदा हुन नि त । यस्तो अवस्थामा हामीले मानसिक जटिलतालाई पनि अझ बढी ब्यापकता साथ बुझ्न र बुझाउन जरुरी छ । यसरी पब्लिक फिगरले यस्तो खालको मृत्यु रोज्दा सामाजिक रूपमा कदापी सकारात्मक म्यासेज जाँदैन तर यस्तै कठोर परिस्थितीले नै हामीलाई पाठ सिक्न, सिकाउन अनि छलफल गर्न भने पक्कै झक्झकाउँछ । आत्महत्या जुनकुनै परिस्थितीको समाधान हैन भन्ने बुझ्न, बुझाउन पहल र कोसिस हामी सवैबाट हुनु जरुरी छ । हैन भने यसले भयानक सामाजिक संकट निम्त्याउने खतरा देखिन्छ ।
– अस्मि कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

सूचना, परिवर्तन र सम्रिद्धीको लागि संचार