![]()
२०७७ जेठ ५, वीरगञ्ज– बारा जिल्लामा एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । सोमबार बिहान बारा, कलैयामा रहेको संस्कार एफएममा कार्यरत रहेका एक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
संक्रमित पत्रकार करैयामाई गाउपालिका वडा नम्बर ५ निवासी ३८ वर्पीय पुरुष हुन् । संक्रमित पत्रकारलाई कलैयामा रहेको जिल्ला अस्पतालको आइसोलेशनमा ल्याउने तयारी भइरहेको मिश्रले बताए । यसअघि बाराको छिमेकी जिल्ला पर्सामा पनि दुईजना पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको थियो । त्यस्तै, जनकपुर र उदयपुरमा पनि एकरएक जना पत्रकारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।


