Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

२०७७ जेठ १, बाँके । सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा गाउँका १९, २४ र ३५ वर्षीय युवाको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार भारतीय क्वारेन्टाइनबाट सङ्क्रमित युवा भागेर नेपाल प्रवेश गरेको जानकारी पाउनासाथ खटिएको स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासी र जनप्रतिनिधिको सहयोग तथा समन्वयमा बुधबार स्वाब सङ्कलन गरेको हो ।

पन्ध्र दिनदेखि भारत, श्रावस्तीस्थित सिरसिया क्वारेन्टाइनमा रहँदै आएका उनीहरुको परीक्षणका क्रममा लखनउस्थित प्रयोगशालाले कोरोना भाइरस पुष्टि गरेको थियो । क्वारेन्टाइनबाट भागेर नेपाल प्रवेश गरेका उनीहरु गाउँमै लुकिछिपी बसेको नरैनापुर ३ का वडाध्यक्ष राजकुमार मौर्यले बताए । भारतको महाराष्ट्रमा रोजगारीका क्रममा रहेका तीन युवा घर फर्किनेक्रममा कोरोना सङ्क्रमणको आशङ्कामा १५ दिनदेखि भारत, सिरसिया क्वारेन्टाइनमा रहँदै आएकामा परीक्षण रिपोर्ट पोजेटिभ आएपछि सोमबार फरार रहेको सूचनाका आधारमा खोजतलास गर्दा बुधबार भेटिएको वडाध्यक्ष मौर्यको भनाइ छ ।

अध्यक्ष मौर्यले भारतमा मजदूरी गर्न गएका नेपाली घर फर्किने क्रम बढेको बताए । बाँकेको दक्षिण पूर्वी ग्रामीण नाका हुँदै भारतबाट आएका तीन सय जनालाई बुधबारदेखि क्वारेन्टाइनमा राखिएको पनि उनले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed