![]()
बलिउड अभिनेता अक्षय कुमारले मुम्बई प्रहरीलाई २ करोड भारतीय रुपियाँ सहयोग गरेका छन् । उनले यसअघि पनि प्रधानमन्त्री राहत कोषका लागि २५ करोड भारतीय रुपियाँ सहयोग गरेका थिए । साथै, महाराष्ट्रको मुख्यमन्त्री राहत कोषमा पनि सहयोग गरेका थिए ।
अक्षयलाई धन्यबाद दिँदै मुम्बई प्रहरी फाउन्डेशनले ट्विटरमा लेखेको छ, ‘मुम्बई प्रहरी फाउन्डेशनको लागि २ करोड सहयोग गरेकोमा मुम्बई प्रहरी अभिनेता अक्षय कुमारलाई धन्यवाद व्यक्त गर्दछ । तपाईंको सहयोगले शहरको सुरक्षाका लागि खटिएका महिला तथा पुरुष सुरक्षाकर्मीको जीवन रक्षाका लागि निकै मद्दत पुग्नेछ ।’
उक्त ट्विटरको जवाफ दिँदै अक्षयले लेखेका छन्, ‘म मुम्बई प्रहरीका प्रमुख कन्स्टेबल चन्द्रकान्त पेन्डुरकर र सन्दीप सुर्वेको सलाम गर्न चाहान्छु । जसले कोरोनासँग लड्दा–लड्दै बलिदानी दिए । मैले आफ्नो काम गरिदिँए । आशा छ, तपाईं पनि गर्नुहुन्छ । हामीले प्रहरीकै कारण सुरक्षित भएको कुरा भुल्नुहुँदैन ।


