Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

२०७७ बैशाख ७, इलाम । इलाममा कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्चालमा पोष्ट गर्ने एक युवकलाई शनिबार पक्राउ गरिएको छ । इलामको फाकफोकथुम गाउँपालिका–७ का २४ वर्षीय सन्दीप लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । इलाम नगरपालिका–५ बरबोटेमा कोरोना भाइरसका सङ्क्रमित फेला परेको भन्दै लिम्बूले सामाजिक सञ्जालमा पोष्ट गरेर अफवाह फैलाउने काम गरेकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकृत हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । शुक्रबार लिम्बूले बिब्ल्याँटेका कोरोना भाइरस सङ्क्रमित फेला परेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि जिल्लावासीमा आतङ्क मच्चिएको थियो ।

लिम्बूले फेसबुकमा ‘इलामको बिब्ल्याँटेमा एक जना कोरोना सङ्क्रमित फेला, अबचाहिँ बाँच्ने आसै मरिसक्यो’ भनेर पोष्ट गरेका थिए । गलत सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका कारण स्थानीयवासीमा समेत त्रास पैदा भएको थियो । सोही कारण लिम्बूलाई शनिबार जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रण लिई सोधपुछ गरिरहेको बताइएको छ । साथै गलत सूचना सम्प्रेक्षण नगर्न र जिल्लामा हालसम्म यस्ता सङ्क्रमित फेला नपरेको भन्दै ढुक्क भएर लकडाउनको पालना गर्नसमेत जिल्ला प्रहरी कार्यालय इलामले आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.