Breaking News.... EverestOnlineKhabar
June 26, 2026

नेकपा झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने:

Loading

 

नेपाल कम्युनिस्ट पार्टी(नेकपा ) झापा जिल्ला कमिटीले संविधान दिवसको अवसरमा आयोजना गरेको जनसभामा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने हुनुभएको  छ। नेकपा झापाको प्रचार बिभागले आयोजना गरेको पत्रकार सम्मेलनमा असोज ३ गते आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री सहित पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ का पार्टी  इन्चार्ज भिम अाचार्य केन्द्रीय कमिटी सदस्य तथा प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरे केन्द्रीय सदस्य राम कार्की लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने नेकपा झापा पार्टीका अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो। पाठकले संविधान दिवस आम नेपालीको उत्सबको दिन भएकाले सबैलाई उपस्थितिको लागि आव्हान पनि गर्नुभएको छ। सडकमा संविधान बिरोधी गतिबिधि बढ्दै गएकोले त्यसको खबरदारी गर्न पनि यो कार्यक्रम आयोजना गरिएको उहाको भनाई छ । संविधान निर्माणको नेतृत्वकर्ता दलको हैसियतले यसको कार्यान्वयन र रक्षा गर्नु दायित्व रहेको भन्दै नेकपाले जिल्लाभरबाट   हजारअौ को संख्यामा जनसहभागिता गराउदै जनसभाको आयोजना गर्न लागिएको   उहाले जानकारी गराउनुभयो सोही दिन झापा जिल्लाभर स्थानीय चोकहरुमा दिपावली गर्न पनि निर्देशन दिइएको छ । कार्यक्रम तालिका अनुसार ११ बजे बिर्तामोड प्रवेश गरिसक्ने,११ :३० बजेबाट र्याली शुरु गरि कार्यक्रम स्थल पुरानो इलाम स्टेनमा जाने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed