Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारतले गर्यो आकाशमै मार हान्नसक्ने क्षेप्यास्त्रको परीक्षण

Loading

बीबीसी । भारतले अस्त्र नामको आकाशबाट आकाशमै मार हान्नसक्ने भारतमै निर्मित क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको छ । भारतको पूर्वी उडिसा प्रान्तको तटीय क्षेत्रमासफलतापूर्वक परीक्षण गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

भारतीय वायू सेनाको एसयू–३० लडाकू बिमानबाट उक्त क्षेप्यास्त्र परीक्षण गरिएको थियो । परीक्षण गरिएको क्षेप्यास्त्रले सही निशानामा प्रहार गरेको पनि मन्त्रालयले जनाएको छ ।

भारत सरकारको स्वामित्वमा रहेको प्रतिरक्षा अनुसन्धान तथा विकास संस्थाले पहिलोपटक आकाशबाट आकाशमै मार हान्न सक्ने उत्कृष्ट र अभेद्य क्षेप्यास्त्र निर्माण गरेको बताइएको छ ।

नयाँ क्षेप्यास्त्रले फरकफरक दूरी र २० देखि ८० किलोमिटर उचाइका क्षेत्रमा अचूक निशाना लगाउन सक्ने भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed