Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

कास्की ।कास्कीको पोखरा महानगरपालिका–२२, पुम्दीभुम्दीमा मंगलबार मृत भेटिएकी १० वर्षीया बालिका श्रेया सुनारको बलात्कारपछि हत्या भएको खुलेको छ। सोमबार बेलुका बिस्कुट किन्न भनेर घरबाट निस्केकी बालिका श्रेयाको शव मंगलबार बिहान पुम्दीभुम्दीको कोदीमा भेटिएको थियो। श्रेयाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्टले देखाएको छ।

१० वर्षीया बालिका श्रेया सोमबार बेलुका साढे ६ बजेतिर बिस्कुट किन्न घरबाट पसल गएकी थिइन्। धेरैबेरसम्म घर नफर्केपछि आफन्तले उनलाई रातभर खोजेपनि फेला पार्न सकेका थिएन। तर, मंगलबार बिहान स्थानीयले शव फेला परेको थियो।

श्रेयाको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीया कुसुम पौडेललाई पक्राउ गरिएको छ। पौडेलसहित अन्य केहीलाई पनि प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ। पौडेलले अपराध गरेको स्वीकार गरिसकेका छन्। पक्राउ परेका अन्यमाथि पनि अनुसन्धान भइरहेको छ।

बाबुले अर्को बिहेर गरेपछि श्रेया मामाघरमा बस्दै आएका थिइन्। बालिकाको शब मामाको घरबाट करिब ५० मिटर पर अर्ध नग्न अवस्थामा झाडीमा भेटिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed