Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । सर्लाहीकी चन्दा थापा गिरीले ३४ जना प्रतियोगीलाई पछि पार्दै मिसेस नेपाल इन्टरनेसनलको उपाधि जितेकी छिन् । थापाले उपाधिसहित मिसेस ट्यालेन्ट र वेष्ट र्‍याम्प वाकको उपाधिसमेत प्राप्त गरिन् । रिवन इन्टरटेनमेन्टले आयोजना गरेको यो सौन्दर्य प्रतियोगितामा स्मृति श्रेष्ठ फस्ट रनर्सअप भइन् भने प्रतिमा शर्मा सेकेण्ड रनर्सअप हुँदा जुनु शर्मा थर्ड रनर्सअप तथा रुपमा शिवाकोटी फोर्थ रनर्सअप भइन् ।

यो प्रतियोगितामा पब्लिक च्वाईस एवार्ड नम्रता गिरीले पाइन् भने वेष्ट डान्सको उपाधि श्रीलक्ष्मी श्रेष्ठ थापा, वेष्ट पर्सनालिटीको उपाधि मनिषा पाण्डे, मोस्ट क्रिएटिभको उपाधि सपना प्रधानांग र फेसन आईकनको उपाधि रविना परियारले पाईन् । यसैगरी अर्चना रिमाल बेस्ट स्किन, प्रमिक्षा पोखरेल बेस्ट हेयर, बिना मगर जोशी मिसेस बब्ली फेस, नम्रता गिरी फेसबुक च्वाईस, अनिता बिमली युट्युव बेस्ट भ्युज, अनिता विमली भ्युवर च्वाईस, दिपा थपलिया म्यानेजमेन्ट च्वाइस र अनिता विमली मिसेस फोटोजेनिक भएकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed