Breaking News.... EverestOnlineKhabar
May 1, 2026

दक्षिण सुडानका चिकित्सकलाई राष्ट्रसंघीय शरणार्थी पुरस्कार

Loading

बीबीसी । दक्षिण सुडानको एक ठूलो निजी अस्पताल सञ्चालन गर्दै आएका एकजना चिकित्सकलाई संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायद्धारा दिइने नान्सेन पुस्कार प्रदान गरिएको छ। दक्षिण सुडानमा रहेको शहर बुन्जमा रहेको मबान अस्पतालमा छिमेकमा पर्ने सुडानको ब्लु निले राज्यबाट आएका १ लाख ४४ हजार शरणार्थीलाई उपचार गरिएको थियो।

चिकित्सक इभान आतार आदाहले सञ्चालन गरेको अस्पतालको नाम मबान अस्पताल हो। चिकित्सक अदाहले युएनएचसिआरद्धारा प्रदान गरिने सो पुस्कार प्राप्त गरेका समाचारमा जनाइएको छ। उक्त अस्पताल सञ्चालक ती चिकित्सकका कारण यहाँका ठूलो सङ्ख्याका शरणार्थीको ज्यान बचेको बताइएको छ। उनले निकै कठिन परिस्थितिमा पनि सो अस्पतालमा उपचार सेवा दिएका बताइएको छ।

सो अस्पतालको एक्सरे मेशिनसमेत फुटेको, अरु सामानहरु पनि यथेस्ट मात्रामा नरहेको अवस्थामा आतार र उनको समूहले एउटा कोठामा एक मात्र चिमको सहायतामै हरेक हप्ता ६० वटा सल्यक्रिया गर्ने गरेका थिए। युएनएचसिआरका प्रमुख फिलिपो ग्रान्दीले आतारको यो मानवीय सेवाका कारण उक्त पुरस्कार दिइएको जानकारी गराए।

उक्त पुरस्कारको छनौट शरणार्थीहरुका महिला, बालबालिका र अप्ठेरोमा परेका नागरिकलाई गरेको सहयोगको आधारमा गर्ने गरिन्छ। नर्वेको एक समूहले सो पुरस्कार छनौट गर्ने गर्छ।

गत वर्ष यो पुरस्कार नाइजेरियाका जनाहा मुस्ताफालाई दिइएको थियो। उनले नाइजेरियको सशस्त्र समूह बोको हरामले अपहरण गरेका बालिकालाई अपहरणमुक्त गराएबापत दिइएको थियो। आगामी हप्ता नर्वेमा आयोजना गर्ने एक विशेष कार्यक्रममा सो पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको युएनएचसिआरले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed