Breaking News.... EverestOnlineKhabar
June 24, 2026

७५ बर्षीय बाउले ५० बर्षीय आफनै छोरालाई बन्चरो हानी मारे

Loading

कैलाली । कैलालीको टीकापुर नगरपालिका ८ कालिमाटीमा बाबुले छोराको हत्या गरेका छन्। ७५ वर्षीय बाबु पहले लुहारको ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घरायसी विवादका कारण बाबुले छोरालाई बञ्चरो प्रहार गरेको प्रहरीको भनाई छ ।  ‘सधैंजसो मदिरा सेवन गर्ने मृतक लुहारलाई मदिरा नपिउन बुबाले गरेको आग्रहलाई नमान्दा झगडा भयो, आवेगमा बाबुले बञ्चरोले हाने’ प्रारम्भिक अनुसन्धान बताउँदै प्रहरीले भनेको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लुहारलाई उपचारको लागि टीकापुर अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो। लुहारको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

बञ्चरो प्रहार गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed