Breaking News.... EverestOnlineKhabar
June 24, 2026

माल्दिभ्समा आमनिर्वाचन, नाकाबन्दी लगाउने इयु र अमेरिकाको चेतावनी

Loading

बीबीसी । माल्दिभ्समा विभिन्न आलोचनाकाबीच आमनिर्वाचन सुरु भएको छ । उम्मेदवारहरु चीन र भारतीय खेमामा विभाजित भएकाले पनि यी मुलुकले निर्वाचनलाई नजिकबाट हेरिरहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विपक्षी गठबन्धनले निर्वाचन आयोग राष्ट्रपति अब्दुल्लाह यामिनीको तर्फबाट काम गर्ने संयन्त्रजस्तोमात्र भएको भन्दै स्वतन्त्ररुपमा अनुगमन गर्न नदिएको आरोप लगाएको छ । तर, निर्वाचन आयोगले आरोप अस्वीकार गरेको छ ।

चुनावमा उम्मेदवार रहेका वर्तमान राष्ट्रपति यामिनी चीननिकट मानिन्छन् । विपक्षी उम्मेदवार इब्राहिम मोहम्मद सोलिह भारतलगायत पश्चिमा मुलुकसँग नजिक मानिन्छन् ।

युरोपियन युनियन र अमेरिकाले निर्वाचनमा चासो व्यक्त गर्दै प्रजातान्त्रिक अवस्थामा सुधार नआए नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।

मतदानको पूर्वसन्ध्यामा प्रहरीले विपक्षीको मुख्यालयमा छापा मारेको स्थानीय सन्चारमाध्यमहरुले जनाएका छन् । विगत केही वर्षयता माल्दिभ्स राजनीतिक अस्थिरतासँग जुधिरहेको छ । विभिन्न ११ सय ९२ टापु मिलेर बनेको माल्दिभ्सको जनसंख्या चार लाखमाथि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed