![]()
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत जर्गेन क्लोप्पको टिम लिभरपुलले लगातार छैटौँ जित निकालेको छ । यो सिजन सबै प्रतिस्पर्धामा गरेर उसले लगातार सात खेल जितिसकेको छ ।
घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हराएको हो । लिभरपुलको जितमा पहिलो गोल उपहार पाएको हो भने अरु दुई गोल लिभरपुलका खेलाडीले गरेका हुन् ।
१० औँ मिनेटमा जेर्डान शाक्विरीले प्रहार गरेको बल शेन लङ्गमा पुग्यो । त्यसलाई नियन्त्रण गर्ने प्रयासमा साउथह्याम्पटनका वेस्ली होइड्टले आत्मघाती गोल गरे । २१ औँ मिनेटमा जोइल मातिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
यस्तै पहिलो हाफको इन्जुरी समयमा शाक्विरीले प्रहार गरेको सुन्दर फ्रि–किक बललाई मोहम्मद सालहले सुन्दर गोलमा परिणत गरे । पहिलो हाफमै ३–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा गोल थप्न सकेन तर गोल पनि खाएन र ३–० को जित निकाल्यो ।
जितपछि ६ खेलबाट १८ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।


