![]()
काठमाडौँ । नेपाली क्रिकेट र क्रिकेटरको नाम लिदा युवा स्टार सन्दीप लामिछानेको नाम सबैभन्दा अगाडी आउँछ। भर्खरै १८ वर्ष मात्र लागेका सन्दीपले क्रकेट खेलेरै धेरै सफलता हात पारिसके।
त्यति मात्र होइन सन्दीप लामिछाने विश्वका धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा समेत अगाडी रहेका छन्। चर्चित क्रिकेट अनलाइन पोर्टल इएसपिएनक्रिकइन्फोले ‘द क्रिकेट मन्थली’को लेटेस्ट एडिसनमा धेरै क्रिकेट खेल्ने, धेरै देशमा क्रिकेट खेल्ने लगायत विभिन्न पक्षलाई समेटेर रिपोर्ट तयार पारेको छ र त्यसमा सबैभन्दा धेरै देशमा क्रिकेट खेल्नेमा नेपालका सन्दीप पनि सामेल छन्।
क्रिकइन्पोले ६ खेलाडीलाई सूचीमा राखेको छ। जसमा अफगानिस्तानका रसिद खान र मोहम्मद नावी सबैभन्दा धेरै देशमा क्रिकेट खेल्ने खेलाडीमा अगाडी छन्। यस्तै पाकिस्तानका सोएब मल्लिक र सदाब खान, बंगलादेशका तमिम इकवालसँगै नेपालका सन्दीप लामिछानेले ९ देशमा क्रिकेट खेलेका छन्।
यो विगत १२ महिना यताको तथ्याङ्क हो।


