Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । रोजर फेडेरर युएस ओपन टेनिसको चौथो चरणबाटै बाहिरिएका छन् । विश्व नम्बर २ स्वीस फेडेरर ५५ औँ बरियताका अस्ट्रेलियन खेलाडीसँग पराजित भएर बाहिरिएका हुन् ।

अस्ट्रेलियन जोनले फेडेररलाई ३–६, ७–५, ७–६ (९–७) र ७–६ (७–३) को सेटमा हराएका हुन् । फेडेरर बरियतामा शीर्ष ५० मा नरहेका खेलाडीसँग पराजित भएको यो पहिलोपटक हो ।

जोनले बुधबार क्वाटरफाइनलमा दुई पटकका विजेता नोभाक जोकोविचसँग खेल्ने छन् । जोनले ग्राण्ड सलामको क्वाटरफाइनलमा पहिलोपटक खेल्न लागेका हुन् । २९ वर्षका जोनले पहिलो पटक बरियतामा शीर्ष १० मा रहेका खेलाडीलाई हराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed