Breaking News.... EverestOnlineKhabar
May 1, 2026

निर्मला हत्या प्रकरणमा सरकार गम्भीर नभए कञ्चनपुरमा पुनः आन्दोलन उठने : कांग्रेस

Loading

काठमाडौं ।  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले निर्मला हत्या प्रकरणबारे सरकार गम्भीर नभएको आरोप लगाएको छ । सोमवार प्रतिनिधिसभामा जरुरी महत्वको विषय भन्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीले स्थलगत रुपमा गरेको अध्ययनबारे जानकारी गराउँदै सरकार निर्मला पन्त हत्याबारे सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।

उनले निर्मला पन्त प्रकरणमा प्रारम्भदेखि नै प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि गम्भीर नभएको बताए । घटनाका सन्दर्भमा गैरजिम्मेवार अभिव्यक्ति दिएकाले पनि आन्दोलन चर्केको उनले बताए ।

घटनाको वास्तविकता बुझ्न आफ्नो पार्टीका अन्य नेताहरुसहित आफू कञ्चनपुर पुगेको र सरोकारवालाहरु सबैसँग छलफल गरेको जानकारी गराउँदै उनले घटनाबारे सबैको एकै स्वर र एकै मत रहको बताए ।

वास्तविक दोषी पत्ता नलगाई ढाकछोपको प्रयास भएमा पुनः आन्दोलन उठ्ने नेता बडुले चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed