Breaking News.... EverestOnlineKhabar
June 24, 2026

पाकिस्तान : आफनो मुल्याङ्कन तीन महिनापछि गर्न इमरानको आग्रह

Loading

बीबीसी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तिमा पनि तीन महिनाको समय दिन  आग्रह गरेका छन्।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने,‘आफूले सत्ता सम्हालेको पहिलो वर्ष पाकिस्तानले कठिनाइको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ।’

पाकिस्तान तेहरिक–ए–इन्साफ (पिटिआई)ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तान विगत ४ वर्ष यता निकै सकसका साथ चलेको भन्ने समाचार आएपछि नवनिर्वाचित प्रधानमन्त्रीले तत्काल आलोचनाभन्दा आफ्नो सरकारले कम्तिमा ३ महिना काम गर्न दिन सञ्चारकर्मी तथा राजनीतिक दलसँग आग्रह गरेका हुन्।

खानले पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख लक्ष्य भएको दोहोराउँदै भने,‘देशमा नत राष्ट्रिय मेलमिलाप संगठनजस्ता संस्था रहने छन् न जिम्मेवारीबाट कोही पन्छिन पाइनेछ।’

आफ्नो सरकारले काम सुरु गरेपछि गरेका कामबाट राज्यले कस्तो भिन्नताको महशुस पाउने हो यसलाई देखिने गरी काम हुने क्रिकेट खेलाडीबाट राजनीतिमा आएका नेता खानले विशेष जोड दिँदै बताएको पाकिस्तानी दैनिक ‘द डन’ले शनिबारको अङ्कमा उल्लेख गरेको छ।

मन्त्रीका पद स्थायी नहुने र कामका आधारमा परिवर्तन गरिने खानले स्पष्ट गरे। ६५ वर्षीय नेताले एक सय दिनको योजना सार्वजनिक गरिसकेका छन्। जसमा सरकारी निकायलाई मजबुत बनाउने, पाकिस्तानको अर्थतन्त्रलाई पुनर्जीवन दिने र पाकिस्तानलाई एक समृद्ध राज्य बनाउनेजस्ता कार्यक्रम रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed