![]()
काठमाडौ,भदौ ।
गुणस्तरहीन खाद्यबस्तु कारोबार गर्ने पार्टी प्यालेसलाई कारबाहिबाट जोगाउन सत्तारुढ दल नपाल कम्युनिष्ट पार्टीको सांसद लागिपरेका छन् । सोह्रखुट्टेस्थित नयाँबजार मल्टीभेन्युले प्रवाह गरेको खाद्यवस्तु गुणस्तरहीन भएको भन्दै स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले उजुरी गरेको थियो। उजुरीपछि शनिबार दिउँसो उक्त प्यालेसमा शिल गरिएको थियो।
तर प्रदेश ३ का सांसद वसन्त मानन्धर आएर पार्टी प्यालेसको पक्षमा लागि ‘सेफ ल्यान्डिङ’ हुनुपर्ने भन्दै यस्तो हर्कत गरेकी त्यहाँ उपस्थित सबै अचम्म परे । सांसदको यस्तो हर्कतपछि सहकारीका सदस्यहरु सांसदमाथी खनिए । त्यहा स्थिति असामान्य बन्न पुग्यो । सांसद मानन्धरले त्यहाँ पुगेका पत्रकारमाथि पनि दुर्व्यवहारको प्रयास गरेका थिए।
उक्त सहकारीले ५ सय जनाका लागि खानाको अर्डर गरेको थियो। खाद्यवस्तुको गुणस्तर न्यून भएको उजुरी आएपछि आयोजित कार्यक्रम नै रद्द गरिएको थियो । विभाग र महानगरीय प्रहरी, सोह्रखुट्टे र उपभोक्ताकर्मी सहितको अनुगमन टोलीले उक्त पार्टी प्यालेसमा शिल गरेको हो। अनुगमनबाट उक्त पार्टी प्यालेसले खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएको थियो।


