Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास पुन थाल्नुपर्ने कुनै कारण आफूले नदेखेको बताएका छन्। उनको यो भनाइ रक्षामन्त्री जेम्स म्याटिससँग बाझिन्छ किनभने म्याटिसले यो साताको सुरुमा संयुक्त सैन्य अभ्यास पुन: सुरु हुनसक्ने संकेत गरेका थिए।

कोरियाली प्रायद्वीपमा हुने सैन्य अभ्यास उत्तर कोरियाका लागि लामो समयदेखि झिँझोको विषय बन्दै आएको छ। प्योङयाङको परमाणु कार्यक्रमबारे संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीचको वार्तामा गतिरोध आएको ठानिएको छ। तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने आफ्नो सम्बन्ध उत्तर कोरियाली नेता किम जङ अनसँग न्यानो नै रहेको भन्दै ट्वीट गरेका छन्।

उनले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासहरूमा पुन ठूलो लगानी गर्नुको कुनै तुक नरहेको पनि बताएका छन्। ट्रम्पको यो पछिल्लो घोषणाले पेन्टागनका उच्च अधिकारीहरूलाई अचम्मित पारेको छ।

राष्ट्रपति ट्रम्पले दुई महिनाअघि अनसँग सिंगापुरमा गरेको भेटपछि एउटा सकारात्मक संकेत दिनका लागि पनि दक्षिण कोरियासँगको सैन्य अभ्यास पुन: सुरु नगर्ने घोषणा गरेको ठानिएको छ। तर ट्रम्पले यो साताको सुरुमा उत्तर कोरियाले परमाणु कार्यक्रमबाट कोरियाली प्रायोद्वीपलाई मुक्त गर्नका लागि पर्याप्त प्रगति नभएको भन्दै अमेरिकी विदेशमन्त्रीको उत्तर कोरियाको भ्रमण रद्द गरिदिएका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed