![]()
एजेन्सी,भदौ ।
स्पेनिस ला– लीगामा गएराति भएको खेलमा स्पेनिस फुटबलको महारथी रियल मड्रिडले गिरोनमाथि सहज जित हात पारेको छ । रियल मड्रिडले गिरोनमाथि ४–१ गोल अन्तरको जित हात पारेको हो । खेलमा सुरुवाती अग्रता लिएको गिरोन खेलमा सम्हालिन नसक्दा पराजित भएको हो । गिरोनका लागि खेलको १६ औं मिनेटमा बोर्जा ग्रासिअले गोल गरेका थिए । तर, रियल मड्रिडले भने खेलको ३९ औं मिनेटमा पहिलो गोल गर्दैै खेल बराबरी गरेको थियो ।
रियलका लागि पहिलो गोल कप्तान सर्जियो रामोसले पेनाल्टी मार्फत गरेका थिए । त्यस्तै खेलको दोस्रो गोल करिम बेञ्जामानले पनि पेनाल्टी मै ५२ मिनेटमा गोल गरे भने व्यक्तिगत दोस्रो गोल भने ८० औं मिनेटममा गरेका थिए । सुरुवाती अग्रता लिएको गिरोनले मड्रिडलाई रोक्न सकने । मड्रिडको जितका लागि निर्णायक गोल भने ग्यारेथ बेलले गरेका थिए ।


