Breaking News.... EverestOnlineKhabar
June 25, 2026

स्पेनिस ला लिगा बहिस्कार गर्ने कप्तानहरुको चेतावनी….?

Loading

एजेन्सी,भदौ ।
स्पेनिस ला लिगामा रहेका टोली कप्तानहरुले लिग बहिस्कारको चेतावनी दिएका छन् । ला लिगाले अमेरिकी मिडिया कम्पनी रेलेभेन्टसँग ला लिगाका प्रमुख खेलहरु अमेरिकामा गराउने सहमति गरेलगत्तै कप्तानहरुको बैठक बसेर आपत्ति जनाएका हुन् । बैठकमा रियल मड्रिडका सर्जिओ रामोस, बार्सिलोनाका बुस्केट पनि थिए ।
१५ वर्षे सम्झौता गर्दा खेलाडीहरुसँग कुनै परामर्श नगरेकोमा खेलाडी संघको असन्तुष्टि छ । सहभागी टिमका एक जना कप्तान अगान्जोले भनेः‘ यो कमन सेन्सको कमी हो । एक कार्यक्रम जहाँ नाफाको मात्र हिसाव भएको छ । फ्यानको कुनै हिसाव छैन ।’
खेलाडीहरुले लिग बहिस्कार गर्ने सम्भावनालाई अस्वीकार गरेका छैनन् । उनले भनेः‘हामी त्यहाँसम्म पुग्न चाहँदैनौं । तर, आवश्यक पर्‍यो भने त्यहाँ पनि जान्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed