![]()
काठमाडौँ । नेपाली कांग्रेसले यहि भदौ ८ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिईएको छ ।
बैठकमा समसामयिक राजनीति, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।


