Breaking News.... EverestOnlineKhabar
June 28, 2026

तेक्वाण्डोमा आश गरिएका बीरबहादुरले पनि निराश पारे

Loading

एजेन्सी ।  इन्डोनेसियामा जारी १८ औैँ एसियाली खेलकुदको तेक्वान्दोमा नेपालको निराशाजनक प्रदर्शन कायमै रहेको छ। पुरुषको ६३ केजी तौल समूहमा नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलबाट बाहिरिएका छन्।

महरा बुधबार भएको अन्तिम १६ को भिडन्तमा कजाख्स्तानका खेलाडीसँग ३०-१९ ले पराजित भए। महाराले पहिलो चरणमा अफगानिस्तानका बाख्सी अहमदलाई २४-१३ ले हराए।

तेक्वान्दोको पुम्सेमा नेपालका दुवै खेलाडी पहिलो चरण अर्थात अन्तिम १६ बाट बाहिरिएका थिए। महिला टिम पुम्सेमा पहिलो चरणमा वाक ओभर पाएको नेपाल क्वाटरफाइनलमा ताईपेईसँग पराजित भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.