Breaking News.... EverestOnlineKhabar
June 28, 2026

स्पेनिस ला लिगाः रियल मड्रिडको शुखद सुरुवात

Loading

एजेन्सी,भदौ ।
स्पेनिस फुटबलको महारथी रियल मड्रिडले ला लीगामा आफ्नो पहिलो खेलमा जित निकाल्दै शुखद सुरुवात गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले गेटाफेलाई २—० गोल अन्तरले पराजित गरेको हो । मड्रिडको जितका लागि ग्यारेथ बेलले उत्कृष्ट गोल गरेका छन् ।
स्पेनिस ला लीगामा मड्रिडले खेलमा सुरुवाती अग्रता बनाएको थियो । रियलका लागि खेलको २० औं मिनेटमा डानी कार्भान्जलले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको अग्रतालाई मड्रिडका खेलाडीले कायम मात्रै राखेनन् दोस्रो हाफको छैंटौ मिनेट अर्थात् खेलको ५१ औं मिनेटमा फरवार्ड ग्यारेथ बेलले गेटाफेविरुद्ध गोल गर्दै टिमलाई २—० गोलको अग्रता पनि दिलाए । ग्यारेथ बेलको गोल मड्रिडको जितका लागि निर्णायक बन्यो ।
पूर्व रियलका पोर्चुगलका फरवार्ड क्रिष्टियानो रोनाल्डो युभेन्टस गएपछि रियलमा रोनाल्डोको भूमिकाको बारेमा समय समयमा टिप्पणी हुँदा ग्यारेथ बेलले सम्हाल्ने चर्चा हुदै आएको छ । भने बेलले त्यसलाई सावित गर्ने प्रयास गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.