Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । बलिवुड अभिनेत्री प्रियंका चोपडा र हलिवुडका नायक, गायक तथा गीतकार निक जोनासको चिनजानको केही समयमै दुवैले इन्गेजमेन्ट् अर्थात विवाहको कुरा छिनेको पुष्टि गरेका छन्। टेक्ससका गायक तथा जोनास ब्रदर्स नामक साङ्गीतिक समूहका पूर्व सदस्य रहेका जोनास र बलिवुड चर्चित अभिनेत्रीबीच शनिवार मुम्बइमा एउटा निजी कार्यक्रममा कुरा छिनिएको हो।

दुवैले भारतीय परम्परागत लुगा लगाएका थिए। चोपडा र जोनासबीच इन्गेजमेन्ट हुने हल्ला करिब ३ सातादेखि चलेको थियो तर दुवैले त्यसबारे पुष्टि भने गरेका थिएनन्।

दुवैबीच विवाह हुने कुरा छिनिएपनि विवाह कहिले हुने भन्ने चाहिँ अहिलेसम्म घोषणा भएको छैन। दुवैले आ-आफ्नो इन्स्टाग्राममा उस्तै खालका फोटो हालेका छन्। जोनासले चोपडा भविष्यकी पत्नी भनी लेखेका छन्। रोक्का भनिने उक्त इन्गेजमेन्ट समारोहमा जोडीले एकअर्कालाई उपहार दिनेगर्छन् र परिवार पनि भेटाउँछन्।

चोपडा सन् २००० की विश्व सुन्दरी हुन् भने उनले ५० भन्दा बढी भारतीय चलचित्रमा अभिनय गरेकी छन्। सलमान खान, शाहरुख खान, अभिताभ बच्चन जस्ता भारतका चर्चित अभिनेतासँग उनले अभिनय गरेकी छन्। थुप्रै उपाधि र वाहवाही कमाएकी उनी बलिवुडमा धेरै आम्दानी गर्ने मध्येकी एक अभिनेत्री हुन्।

प्रेम प्रस्ताव

प्रियंका चोपडा

प्रियंकालाई दुई वर्षअघि टाइम पत्रिकाले संसारकै १ सय प्रभावशाली व्यक्तिहरूको सूचीमा राखेको थियो भने गत वर्ष फोर्ब्स पत्रिकाले उनलाई यस शक्तिशाली महिलाको सूचीमा राखेको थियो।

बलिवुडमा नाम कमाएकी उनले क्वान्टिको नामक अमेरिकी टिभी सिरियल हलिवुडमा प्रवेश गरेकी थिइन्। उनले भेन्टिलेटर, बे वाच र अ किड लाइक ज्याक जस्ता चलचित्रमा पनि अभिनय गरिसकेकी छन्। सन् २०१८ मा ब्रिटेनका राजकुमार ह्यारीसँग हलिवुड नायिका मेगन मार्केलले विवाह गर्दा त्यसको एकजना निम्तालुमा चोपडा पनि थिइन्।

आफ्ना भाइहरु जो र केभिनसँगको ब्याण्डमा रहेका जोनासले भने डिस्नी च्यानलमा आउने क्याम्प रक जस्ता चलचित्रमा खेलेका छन्। जोनासले अभिनय थाल्दा उनी सात वर्षका मात्रै थिए। उनको जन्म अमेरिकाको टेक्सस राज्यस्थित ड्यालसमा भएको थियो।

को हुन् जोनास?

सन् २००६ मा जब उनको पहिलो एल्बम इट्स अबाउट टाइम आयो तब निक जोनासको उमेर मुस्किलले १३ वर्षको थियो। सन् २०१४ मा आफ्नो ब्याण्ड टुटेपछि उनले २०१७ मा रिमेम्बर आइ टोल्ड यु निस्कियो जसमा ब्रिटेनकी कलाकार एनीमेरी पनि थिइन्। उनी केही चलचित्रमा पनि देखा परेका छन्।

सन् २०१५ मा केयरफुल ह्वाट यु विस फर चलचित्रमा उनले अभिनय गरे। २५ वर्षको उमेरमा विवाह गर्न लागेका उनी चोपडा भन्दा ११ वर्ष कान्छा छन्। उनले गत जुन महिनामा लण्डनमा प्रियंकालाई प्रस्ताव राखेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.