Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

दाङ ।नेपाल शिक्षक महासंघको आव्हानमा बिभिन्न माग राखेर मुलुकभरका शिक्षकहरु आन्दोलित भएका छन् । दाङमा शिक्षकले आइतबार बिद्यालयको गेटमा टर्च लाइट झुण्ड्याउनुका साथै कालो फित्ता बाँधेर शिक्षण गरिरहेका छन् ।

अस्थायी शिक्षकको अबिलम्ब परीक्षा गरिनुपर्ने, स्थानीय तहको मनपरी नीति नियम निर्माण रोकिनुपर्ने, स्थानीय तहले गरिरहेको जथाभावी शिक्षक नियुक्ति, सरुवा र बर्खास्ती रोक्नुपर्ने, उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको ब्यवस्था गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने, शिक्षक र कर्मचारीको समय सापेक्ष तलब बृद्धि गर्नुपर्ने, महिला शिक्षकको प्रसुति बिदा ६ महिना हुनुपर्ने र उक्त अवधिमा सट्टा शिक्षकको व्यवस्था गरिनुपर्ने लगायतका २६ बुँदे माग राखी शिक्षकहरु आन्दोलित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.