![]()
काठमाडौ,भदौ ।
नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको म्याद तीन महिना थप भएको छ । मंसिर २ गते महाधिवेशन गर्ने कार्ययोजना पेश गरेपछि पार्टीको सहजिकरण संयन्त्रले १२ औं महाधिवेशन गर्न तीन महिना समयावधि थप गर्ने निर्णय गरेको हो ।
महाधिवेशन अनिश्चित भएपछि कांग्रेसले सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा सहजिकरण संयन्त्र बनाएको थियो । संयन्त्रले तीन महिनाभित्र महाधिवेशन गर्ने कार्ययोजना ल्याउन कार्यसमितिलाई भनेको थियो ।
कार्यसमितिको म्याद थप गरिएपनि महाधिवेशन भने अझै अनिश्चित छ । संगठनभित्रका गुटहरुको स्वार्थका कारण महाधिवेशन हुनेमा शंका उत्पन्न भएको हो । संगठनभित्र एक पक्ष ३२ वर्ष उमेरहद कायम हुनुपर्ने अडानमा छ भने अर्को पक्ष उमेरहद खुल्ला राख्नुपर्ने पक्षमा छ ।


