Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

नुवाकोट,भदौ ।
गेर्खु खोलाको बाढीले गेर्खु पुल बगाएको छ । आज बिहान आएको बाढीले सडकसहित पुलको केही भाग बगाएको हो । अहिले पासाङल्हामु राजमार्गअन्तर्गत नुवाकोटको त्रिशूली–बेत्रावती खण्ड ठप्प भएको छ । पुल र सडकमा क्षति पुगेपछि नुवाकोट–रसुवा आवतजावत गर्न सकिएको छैन ।
जिल्ला प्रहरी कार्यालयले विदुर नगरपालिका–१ र विदुर नगरपालिका १० जोड्ने पुलको दायाँबायाँको सडक कटान गरेकाले यातायात ठप्प भएको जनाएको छ । प्रहरीका अनुसार गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाको ठेकेदारसँग सहकार्य गरी सडक सञ्चालनको प्रयास भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.