Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

एजेन्सी ।बलिउड स्टार साहरुख खान बहुचर्चित भारतीय टेलिफिल्म ‘कसौडी जिन्दगी की २’ मा देखिने भएका छन । पहिलो शृखंला निकै हिट भएकाले दोस्रो शृखंला पनि धमाकेदार बनाउन निर्देशक एकता कपुरले यो आइडिया निकालेकी हुन । साहरुख कम्तिमा ३ वटा एपिसोडमा देखिने छन । उनले टेलिफिल्मका सबै कलाकारहरुलाई चिनाउने बुझिएको छ ।

छिट्टै प्रसारण हुने तयारीमा रहेको यो शो मा शाहरुख खान पनि देखिने खबरले  थप रोमाञ्चक बनाएको हो । यदि यसो भयो भने शाहरुख खानलाई झण्डै ३० वर्षपछि फेरि टिभी सिरियलमा देख्न पाइनेछ ।

निर्माता एकता कपूर ‘कसौटी जिन्दगी की’ को यो दोस्रो अध्यायलाई पनि हिट बनाउन कुनै कसर बाँकी राख्ने पक्षमा छैनन् । त्यसैले होला उनले यो शो को एक खास भूमिकाका लागि शाहरुख खान जस्तो ठूलो स्टारलाई चुनेकी हुन ।

‘कसौटी जिन्दगी की’ पार्ट २ को सुटिङ्ग पनि सुरु भइसकेको छ र त्यस क्रममा बाहिरिएका तस्बिरहरु भाइरल भइरहेका छन् ।

१० सेप्टेम्बरबाट सुरु हुने यो शृङ्खला सोमबारदेखि शुक्रबार नेपाली समय अनुसार राति सवा ८ बजे प्रसारण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed