Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,साउन ।
बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ । समितिका अनुसार भारतबाट भित्रिएको तरकारी तुलनात्मक रुपमा सस्तो हुन्छ । आयात ठप्प भएपछि तरकारी केही महँगो भएको हो ।
समितिका अनुसार थोकमा प्रतिकिलो ११५ रुपैयाँ पर्ने हरियो धनिया अहिले ५९५ र प्रतिकिलो १९ रुपैयाँ पर्ने सानो गोलभेंडा दोब्बर बढेर ३९ रुपैयाँ पुगेको छ ।
सामान्यतः कालीमाटी बजारमा दैनिक ६ सयदेखि साढे ६ सय टन तरकारी भित्रिन्छ । तरकारीको परिमाणमा कुनै कमी नभए पनि मूल्य भने अस्वाभाविक रुपमा बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed