Breaking News.... EverestOnlineKhabar
June 28, 2026

सामसुङको ग्यालेक्सी नोट नाइन फ्याब्लेट सार्वजनिक

Loading

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसुङले बहुप्रतिक्षित ग्यालेक्सी नोट नाइन फ्याब्लेट सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा आयोजित भव्य समारोहका बीच सामसुङले नोट नाइन सार्वजनिक गरेको हो ।

नोट नाइन सातौँ पुस्ताको नोट डिभाइस हो, जसमा नित्तान्त भिन्न एस पेन फिचर रहेको छ । नोट नाइन विभिन्न ४ रङमा उपलब्ध हुनेछ: ब्लाक, पर्पल, कपर तथा ओसन ब्लू कलर ।नोट नाइनको लुक्स धेरै हदसम्म विद्यमान ग्यालेक्सी नोट एटसँग मिल्दोजुल्दो रहेको छ । सामसुङका अनुसार नोट ८ भन्दा नोट नाइन ३३ प्रतिशत फास्ट रहेको छ । नोट नाइन एन्ड्रोइड ८.१ ओरियो अपरेटिंग सिस्टमबाट चल्नेछ ।

नोट नाइनमा ६.४ इन्चको सुपर एमोलेड इन्फिनिटी डिस्प्ले रहेको छ । क्वाड एचडी प्लस डिस्प्लेको रिजोलुसन २९६० गुणा १४४० पिक्सेल रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.