Breaking News.... EverestOnlineKhabar
June 24, 2026

प्रवक्ता श्रेष्ठले राजीनामा दिएपछि नेकपा भित्र हल्लीखल्ली

Loading

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट राजीनामा दिएपछि सो पार्टी भित्रको आन्तरिक विवाद छताछुल्ल भएको छ । केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले श्रेष्ठको मानमर्दन हुने व्यवहार देखाएपछि असन्तुष्ट हुँदै श्रेष्ठले राजीनामा दिएका हुन ।

चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै आन्दोलनमा रहेका डा. गोविन्द केसीलाई भेटेर नैतिक समर्थन रहेको प्रवक्ता श्रेष्ठको अभिव्यक्तिको पार्टीमा आलोचना भइरहेका बेला सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टिकरण सोधेपछि उनले राजीनामा दिएका हुन्।

दुुई पार्टी एकीकरण भएपछि प्रवक्ताको जिम्मा पाएपनि गुट, उपगुट र नेतापिच्छेका मिडिया भएका कारण प्रवक्ताका हैसियतमा केही गर्न नसकिने निष्कर्षमा पुुगेर श्रेष्ठले राजीनामा दिएको नेकपाका नेताहरुको बुुझाइ छ। नेकपाका एक नेताका अनुसार श्रेष्ठको चाहना अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी लिनु हो। अहिले नेकपाको अन्तर्राष्ट्रिय बिभाग प्रमुख नेता माधव कुमार नेपाल छन्। श्रेष्ठको यही चाहना बुुझेर प्रधानमन्त्री ओलीले यो विवाद मिलाउने जिम्मा नेपाललाई नै सुम्पेका छन्।

श्रेष्ठको राजीनामा पछि पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म बहस छेडिएको छ । कतिपयले अध्यक्ष ओली र दाहालको हेपाह व्यवहार बढेको भन्दै असन्तुष्ट जनाउन थालिसकेका छन । यसअघि वरिष्ठ नेता झलनाथ खनाल, युवराज ज्ञवाली, भीम रावल लगायतले सार्वजनिक रुपमै आफनो असन्तुष्टि पोखिसकेका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed