Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बेरुजु बढ्नु सुशासनका लागि राम्रो होइन, दोषीलाई कारवाही गरिन्छ : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  राजनीतिक नेतृत्वले आर्थिक नियम कानुनभित्र बस्नुपर्ने बताएका छन् । महालेखा परीक्षकको २०७४/०७५  लेखा परीक्षण सम्बन्धीलाई सम्बोधन गर्दै ओलीले भने, “राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस विषयमा गम्भीर हुनुपर्छ ।

कार्यलयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्री ओलीले बताए । “के कारणले बेरुजु भएको हो ? ”प्रधानमन्त्री ओलीले भने, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्दछ ।”

 बढ्दो बेरुजुले अन्तराष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने पनि प्रधानमन्त्री ओलीले बताए । “नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जाति होइन,” प्रधानमन्त्री ओलीले भने, “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही बिराम लगाउनुपर्दछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed