Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । भारतीय अभिनेत्री प्रियंका चोपडाले आफना प्रेमी अमेरिकी गायक निक जोनससंग आउँदो सेप्टेम्बरमा बिहे गर्ने तयारी गरेकी छिन । यसअघि अक्टोबरमा बिहे गर्ने कुरा चलेपनि अहिले त्यो भन्दा अगाडि नै सेप्टेम्बरमा बिहे गर्ने योजना बनेको छ ।

प्रियंकाले आफ्नो जन्मदिनको छेको पारेर अमेरिकी संगीतकर्मी तथा अभिनेता निक जोनससँग इनगेजमेन्ट गरेकी थिइन । बिहे भने निकको जन्मदिनको अवसर पारेर गर्न लागिएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार प्रियंका र निकले आउँदो सेप्टेम्बरमा नै बिहे गर्ने तयारी गरेका छन् । विवाहको मिती विशेष छ, सेप्टेम्बर १६ अर्थात निकको जन्मदिन । प्रियंकाको जन्मदिनको पेरिफेरिमा इनगेजमेन्ट गरेका यो जोडीले निकको जन्मदिनलाई त्यो भन्दा विशेष बनाउँदैछ बिहे गरेर।

प्रियंकाले विवाहको तयारी सुरु पनि गरिसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed