Breaking News.... EverestOnlineKhabar
June 26, 2026

जाल्टन इब्राहिमोभिकको ह्याट्रिकमा ग्लालेक्सीको जित

Loading

एजेन्सी,साउन ।
स्वीडेनका स्टार जाल्टन इब्राहिमोभिचको ह्याट्रिक गोलमा एलए ग्यालेक्सीले जित हात पारेको छ । एमएलएसमा ग्यालेक्सीले ओर्लान्डो सिटीमाथि ४–३ गोलले पराजित गरेको हो । क्यालिफोर्नियामा सोमबार राति भएको खेलमा इब्राहिमोभिकले मेजर लिग सकर लिगमा ह्याट्रिक गोल गर्दै एलए ग्यालेक्सीलाई महत्वपूर्ण जित दिलाएका हुन् ।
१८औं मिनेटमा क्रिष्टियन हिग्वेटले गोल गर्दै ओर्लान्डो सिटीलाई अग्रता दिलाएका थिए । तर ३९ औं मिनेटमा जियोभानी डोस सान्टोसले एलए ग्यालेक्सीका लागि गोल गर्दै खेल बराबरीमा पु¥याए । ४४औं मिनेटमा मिकेल सियानीले आत्मघाती गोल गरेपछि ओर्लान्डो सिटीले २–१ गोलअन्तरको अग्रतामा पु¥याए ।
पहिलो हाफमा २–१ ले पछि परेको अवस्थामा इब्राहिमोभिकले ४७औं मिनेटमा पहिलो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । ५४औं मिनेटमा डम डायरले गोल गरेपछि फेरि ओर्लान्डो सिटीले अग्रता लिएको थियो । ६७औं मिनेटमा इब्राहिमोभिकले गोल गर्दै खेल ३–३ गोलको बराबरीमा पु¥याएका थिए । ७१औं मिनेटमा ज्लाटनले ह्याट्रिक गोल गर्दै एलए ग्यालेक्सीलाई ४–३ गोलको महत्वपूर्ण जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.