1,402 total views, 2 views today
बीबीसी । नाइजेरियाका प्रमुुख प्रशिक्षक सलिसु युसुफ घूस लिँदै गरेको भिडियो सार्वजनिक भएको छ । अफ्रिका नेसन्स च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिदिने भन्दै उनले खेल एजेन्टमार्फत् पैसा लिएको भिडियो सार्वजनिक भएको हो ।
बीबीसीले सार्वजनिक गरेको भिडियो अन्डरकभर रिपोर्टरले सन् २०१७ को सेप्टेम्बर महिनामा लिएको हो । युसुफलाई एजेन्टले १ हजार डलर दिएका थिए । उनले हाँस्दै पैसा लिएको भिडियोमा देखिन्छ । युसुफले एजेन्टले भनेअनुसारका खेलाडी छनोट गरेको खण्डमा अझै पैसा थप्ने सम्वादमा भनिएको छ ।
नाइजेरियाका प्रशिक्षकले भने कुनै पनि खेलाडीलाई खेलाउने प्रतिवद्धता नजनाएको बताएका छन् ।