Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डेम्बेलेलाई बेचेर हजार्ड भित्र्याउने सुरमा बार्सिलोना….

Loading

बार्सा,साउन ।
स्पेनिस जाइन्ट बार्सिलोनाले आफ्नो खेलाडी उस्मान डेम्बेले चेल्सीलाई बेचेर इडन हजार्डलाई भित्र्याउन चाहेको खबर सार्वजनिक भएको छ । हजार्डले चेल्सी छोड्न खोजेको र रियल मड्रिड जान चाहेको संकेत दिएका छन् । हजार्डले रियल मड्रिडसँग मौखिक सहमति गरिसकेको दाबी गरिएको छ र क्लबले अब चेल्सीसँग पैसाको कुरा गरिरहेको छ ।
बार्सिलोना पनि हजार्डलाई ल्याउन इच्छुक देखिन्छ । स्पेनी च्याम्पियन क्लबले हजार्डका प्रतिनिधिसँग कुराकानी गरिरहेको छ । तर चेल्सी अहिले सम्झौताको दह्रो स्थितिमा छ किनकि हजार्डले उक्त क्लबसँग गरेको सम्झौताको अवधि अझै दुई वर्ष बाँकी छ ।
तर स्पेनको रेडियो स्टेसन ओन्डा सेरोका अनुसार, बार्सिलोनाले चेल्सीको अडानको परीक्षण गर्नका लागि डेम्बेले दिएर हजार्ड ल्याउन खोजिरहेको छ । बार्सिलोनाले अघिल्लो वर्ष बोरुसिया डोर्टमन्डबाट डेम्बेलेलाई किनेको थियो । डेम्बेलेले नाउ क्याम्पमा खासै प्रदर्शन गरेनन् र उनी क्लब छोड्ने मनस्थितिमा छन् ।
फ्रान्सेली टोलीका सदस्य डेम्बेले अहिले छुट्टी बिताइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.