Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी । इटालियन क्लब रोमाका गोलकिपर एलिसन बेकरलाई इंग्लिस क्लब लिभरपुलले कीर्तिमानी रकममा आफ्नो क्लबमा अनुबन्ध गर्ने भएको छ । कीर्तिमानी प्रस्ताव रोमाले स्वीकार गरेपछि एलिसन लिभरपुल आउने निश्चित भएको हो ।

लिभरपुलले २५ बर्षीया ब्राजिलियन गोलकिपर एलिसनलाई ६६.८ मिलियन पाउन्ड तिर्दै आफ्नो क्लबमा अनुबन्धन गर्न राजी भएको हो । लिभरपुलले यसअघि ६२ मिलियन पाउण्डको कीर्तिमानी प्रस्ताव राखेको थियो ।

एलिसन लिभरपुल कीर्तिमानी रकममा लिभरपुल आउने भएसँगै उनी सर्वाधिक महंगा गोलकिपर बनेका छन् । रोमाले एलिसनलाई दुई बर्ष अघि मात्रै आफ्नो क्लबमा अनुबन्धन गरेको थियो । गत सिजनमा एलिसनले ३७ सिरी ए खेलमा खेलेका थिए ।

सन् २००१ मा इटालियन क्लब युभेन्ट्सले जियानलुईजी बुफोनका लागि पामालाई ५३ मिलियन युरो तिरेको थियो । सन् २०१७ मा म्यान्चेष्टर सिटीले ४० मिलियन युरोमा कीर्तिमानी रकममा बेन्फिकाका गोलकिपर इडरसनलाई आफ्नो क्लबमा अनुबन्धन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.