![]()
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै २० दिनदेखि जुम्लामा आमरण अनशनमा बसेका गोविन्द केसीको अवस्था गम्भीर बन्दै जाँदासमेत सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले आजदेखि स्वास्थ्य संस्थामा इमर्जेन्सीबाहेकका सेवा ठप्प पारेको छ । उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्नुका र्याली पनि निकालेका छन् । चिकित्सक संघको अगुवाइमा भएको र्यालीमा सर्वसाधारणले पनि साथ दिएका थिए ।
चिकित्सक संघले हिजो नै पत्रकार सम्मेलन गरेर बिहीबार देशभरका सम्पूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङ होम, क्लिनिकलगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने बताएको थियो ।


