Breaking News.... EverestOnlineKhabar
June 26, 2026

डा. केसीलाई जबरजस्ती काठमाडौं ल्याउन खोजेपछि जुम्लामा गोली, प्रहरीले हानेको गोली प्रहरीकै छातीमा

Loading

जुम्ला ।जुम्ला । सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई जबरजस्ती काठमाडौं ल्याउन खोजेपछि तनाव उत्पन्न भएको छ । डा. केसीलाई काठमाडौं ल्याउने बिषयमा कुरा गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाही अस्पताल पुगेपछि तनाव भएको हो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्नुृकासाथै गोलीसमेत प्रहार गरेको छ । प्रहरीको गोली लागि अर्का एक प्रहरी घाइते भएका छन । उनकाे छातीमा गाेली लागेकाे छ ।

गाेली लागेर घाइते प्रहरीकाे जुम्लामै उपचार भइरहेकाे छ।प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु पनि घाइते भएका छन्।

बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए। उनीहरु अस्पताल भित्र प्रवेश गरेपनि डा. केसीलाई भने भेट्न पाएनन्। केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.