![]()
काठमाडौ,साउन ।
जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएपछि सरकारले केसीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरेको छ । केसीको स्वास्थ्यबारे जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल रिपोर्टपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केसीलाई हेलिकप्टरमा काठमाडौं ल्याउनु उचित हुने निष्कर्ष निकालेको हो ।
वार्ता र सहमतिका लागि केही दिन लाग्ने भएकाले केसीलाई चिकित्सकको सुझाव अनुसारको अस्पतालमा राख्ने सरकारका एक जना मन्त्रीले जनाएका छन् । अनसनरत डा.केसीको स्वास्थ्य परीक्षणमा सँलग्न चिकित्सकहरुको सार्बजनिक विज्ञप्ती अनुसार उहाँलाई सिसियु सहितको अस्पतालमा राख्नु अनिबार्य भैसकेको छ ।


