![]()
रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ धारापानीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुकमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ज २५७३ नम्बरको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
१०/११ जना मानिस चढेको जीप भीरमा सडकदेखि एक सय मिटर तल खसेको थियो । दुर्घटनास्थलमा उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली खटिएको थियो ।


