Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । न्यूनतम पूर्वाधार नहुँदा गत असार मसान्तभित्र सबै स्थानीय तहमा ब्याङ्क पुर्‍याउने सरकारी लक्ष्य बिफल भएको छ । ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३० स्थानमा अझै ब्याङ्क छैनन्। तर कतिपय स्थानीय तहको केन्द्र तोक्ने निर्णय गर्न सरकारले ढिलाइ गरेकाले पनि ब्याङ्कका शाखा खोल्न नसकिएको ब्याङ्कर्स संघका अधिकारीहरू बताउँछन्।

स्थानीय तहमा पठाइने तलब भत्ता, सञ्चय कोष, पेन्सन, वृद्ध भत्ता जस्ता सरकारी भुक्तानी ब्याङ्कमार्फत गर्नुपर्ने व्यवस्था गरेकोले हरेक तहमा ब्याङ्क जरुरी छ।

असार मसान्तभित्र ७ सय ५३ वटै स्थानीय तहमा कम्तीमा एउटा ब्याङ्क शाखा पुर्‍याउन सरकारले वाणिज्य ब्याङ्कलाई निर्देशन दिएकोमा अझै १ सय ३० स्थानीय तहमा ब्याङ्क पुग्न सकेका छैनन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार त्यसमध्ये आवश्यक न्यूनतम पूर्वाधार नभएका कम्तीमा ३५ स्थानीय तहमा तत्काल ब्याङ्क खोल्ने अवस्था नै छैन। भएका कतिपय स्थानमा समेत थुप्रै जटिलता रहेको राष्ट्र ब्याङ्कका प्रवक्ता नारायण पौडेलले बताए।

सरकारले कतिपय स्थानीय तहको केन्द्र तोक्ने निर्णय अझैसम्म नगर्दा पूर्वाधार भएका स्थानमा समेत शाखा खोल्न नसकिएको नेपाल ब्याङ्कर्स संघले जनाएको छ।

उच्च हिमाली र कतिपय विकट क्षेत्रमा वाणिज्य ब्याङ्क वा निजी ब्याङ्कहरूले चाहेर पनि शाखा खोल्न नसक्नेमा दुवै पक्ष सहमत देखिन्छन्। विगतमा स्थानीय निकायका सम्पूर्ण भुक्तानी प्रणाली जिल्लामार्फत हुने गरेकोमा अहिले त्यो स्थानीय तहमा हस्तान्तरण भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.