![]()
काठमाडौ,साउन ।
३३ किलो सुन तस्करी प्रकरणबारे छानबिन गर्न गठित समितिको कामप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिपछि थप अनुसन्धान स्थगित भएको छ । प्रधानमन्त्रीको असन्तुष्टिपछि समिति उक्त प्रकरणको थप अनुसन्धानका लागि अन्य व्यक्तिलाई गिरफ्तार गर्नुभन्दा अहिलेसम्म गरिएको अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा जुटेको छ ।गत असार ११ गते बेलुकी प्रधानमन्त्री ओलीसँग भेट गरी समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलसहितले समितिको कामकारबाहीबारे जानकारी गराएका थिए।
समितिका पदाधिकारीले अनुसन्धान प्रक्रिया अघि बढाउन अन्य आरोपितहरूलाई पनि गिरफ्तारी गनुपर्ने प्रधानमन्त्रीसँग बताएका थिए । प्रधानमन्त्रीसँग भएको करिब दुई घन्टाको बिफ्रिङमा अनुसन्धान समितिले हुन्डी तस्करी आरोपमा संलग्न विमल पोद्दार पक्राउ परेपछि उनको संरक्षणमा रहेका भनिएका केही व्यक्तिहरुलाई पक्राउ गर्नुपर्ने आग्रह गरेको थियो । तर समितिको उक्त‘बिफ्रिङ’ मा प्रधानमन्त्री ओलीले समितिको कामप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
प्रधानमन्त्रीको असन्तुष्टिपछि समितिले अनुसन्धान गर्नुपर्ने व्यक्तिहरुलाई पक्राउ गर्नुको साटो प्रतिवेदन तयार गर्न लागेको हो । स्रोतका अनुसार प्रधानमन्त्री चीन भ्रमणमा जानुअघिसम्म अनुसन्धान समितिको कामकारबाहीबारे सन्तुष्ट थिए । चीन भ्रमणपछि अनुसन्धान समितिसँग प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । समितिका एक सदस्यले भनेः‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिपछि हामी निरास भयौं, जुन तहसम्म अनुसन्धान हुनुपथ्र्यो त्यहाँसम्म अझै पुग्न सकिएको छैन ।’


