Breaking News.... EverestOnlineKhabar
June 26, 2026

प्रतिपक्ष र सत्तापक्षबीच संघर्ष चर्किने संकेतःविरोधीको प्रतिवाद गर्न कार्यकर्तालाई प्रधानमन्त्रीको निर्देशन

Loading

काठमाडौ,साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विरोधीको प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका कार्यकर्तासँगको भेटमा ओलीले सरकारले देशलाई सही बाटोमा हिँडाउन खोजेको दावी गरे ।
उनले भनेः‘ सरकारले जनताका आकांक्षा पूरा गर्छ भन्ने बुझेका विरोधीहरूले,सामाजिक न्याय हुन नदिनेहरूले सरकारका विरुद्ध अफवाह फैलाएका छन्,पार्टीका नेता कार्यकर्ता र सर्वसाधारणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिबद्धताबाट आफू विचलित नहुने बताए। उनले अगाडी भनेः‘संविधान,नियम,कानून र विधि अनुसार सरकारले काम गर्छ,जसले जे माग राख्यो त्यो पूरा गर्ने,कसैले थर्काउदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन ।’
उनले वर्तमान सरकारले देशलाई थितिमा हिँडाउन चाहेको बताए। दुई चार महिनामा समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न कार्यकर्तालाई ओलीले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.