Breaking News.... EverestOnlineKhabar
July 10, 2026

Loading

बीबीसी । इङ्ग्ल्यान्डका पूर्वडिफेन्डर रियो फर्डिनान्डले लियोनेल मेस्सी र क्रिस्चियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडीको स्थान फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पेलाई सुम्पन लागेको बताएका छन्। मस्कोमा भएको फाइनल खेलमा फ्रान्सले क्रोएशियासँग ४-२ ले जित्दा १९ वर्षीय एम्बाप्पेले आफ्नो देशको तर्फबाट विश्वकपमा चौथो गोल गरे।

उनले यो विश्वकपमा पेरू, आर्जेन्टिना र क्रोएशियाविरुद्ध गोल गरेका हुन्। उनी सन् २०१८ को विश्वकप प्रतियोगिताको उत्कृष्ट युवा खेलाडीको उपाधि पनि आफ्नो पोल्टामा पार्न सफल भए।

परिपक्व

सन् १९९८ मा पहिलोपटक विश्वकप जितेको फ्रान्सले २० वर्षपछि पुन: विश्वकप जितेको हो। म्यान्चेस्टर युनाइटेडका पूर्वडिफेन्डर फर्डिनान्डले भने, “आउँदा वर्षमा बालोन डो’र उपाधि पाउने क्षमता उनी सँग छ।”

“म आशा गर्छु मेरो पुरानो क्लबले उनलाई पछ्याइरहेको छ। पल पोग्बा (म्यान्चेस्टर युनाइटेडका खेलाडी) सँग पनि उनको सम्बन्ध छ।” फर्डिनान्डले एम्बाप्पेबारे थपे, “आफ्नो उमेरभन्दा निकै परिपक्व छन् उनी।”

मेस्सी

प्यारिस सेन्ट जर्मेइन फुटबल क्लबका अनुसार सन् १९५८ मा पेलेले विश्वकप फाइनलमा गोल गरेपछि विश्वकपमा गोल गर्ने एम्बाप्पे दोस्रा युवा खेलाडी भएका छन्। पेलेले ब्रजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्वकप जिताएका थिए।

उपाधि

तेत्तीस वर्षीय रोनाल्डो र ३१ वर्षीय मेस्सी एक दशकसम्म विश्वको उत्कृष्ट खेलाडी रहेका छन्। विगतका १० वटा बालोन डो’र उपाधि कहिले रोनाल्डोले त कहिले मेस्सीले जितेका छन्। जर्मनीका स्ट्राइकर तथा व्यवस्थापक युर्गन क्लिन्स्मानले भने, “फ्रान्सको टोलीसँग १० वर्षसम्म खेलिसकेको जस्तो देखिन्छ एम्बाप्पेको खेल।”

“अरू धेरै उनका खेल कौशल त देखिनै बाँकी छ।”

“उनले बजारमा तहल्का मच्चाइरहेका छन्। रोनाल्डो र नेमारले क्लब परिवर्तन गर्ने भन्ने चर्चा चलिरहँदा हेरौँ यी युवा खेलाडी चाहिँ कहाँ आबद्ध हुनेछन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed