Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिलःसरकारको बेवास्ता कायमै

Loading

जुम्ला,असार ।
चिकित्सा क्षेत्र सुधारको माग राखी डा गोविन्द केसीले १५औं अनसन थालेको १६ दिन भएको छ। जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा केसीको स्वास्थ्यमा जटिल समस्या आएको छ । डा.केसी अनसन बसेको स्थानमा चिकित्सकहरुले आवश्यक पर्नासाथ प्रयोगमा ल्याउनेगरी भेन्टिलेटरको समेत व्यवस्था गरेका छन्।
उनको पिसाबमा‘केटोन बडी’ अत्याधिक देखिन थालेको छ भने शरीरमा सञ्चित बोसोहरु पग्लेर मांसपेशी पनि टुक्रिन थालिसकेको छ। डा.केसीको मुटुको चाल अनियमित बन्दै गएको छ। अनसन बस्दाको पहिलो दिन असार १६ को तुलनामा डा.केसीको तौल ९ केजी घटेको चिकित्सकहरु बताउँछन्।
काठमाडौंमा थप मेडिकल कलेज खोल्न दिनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउने प्रयासमा रहेको सरकार पक्षले डा.केसी अनसनको १५ दिन बितिसक्दा पनि वार्ताको पहल गरेको छैन। शनिबार राजधानीको माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा जुम्लाबाट डा.केसीले अडियो सन्देश पठाई सरकारले अहिलेसम्म वार्ता गर्न नखोजेको बताए।
डा.केसीले आफूलाई जबर्जस्ती काठमाडौं लगी सरकारले आफ्नो सत्याग्रह तुहाउने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले सरकारले अनसन तोडोस् भन्ने चाहेको भए आफ्ना माग पूरा गर्न अनुरोध गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed