Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

एजेन्सी ।रूस विश्वकपमा मंगलबार साँझ स्विडेन र स्विट्जरल्याण्डबीच प्रतिष्पर्धा हुँदैछ । स्विडेनले प्लेअफमा चार पटकको विश्वकप विजेता इटालीलाई हराउँदै रूससम्मको यात्रा तय गरेको थियो। स्विडेन विश्वविजेता जर्मनीसँग पराजित भए पनि मेक्सिको र दक्षिण कोरियालाई हराउँदै समूह ‘एफ’ को विजेता हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको थियो। यससँगै स्विडेनले १९९४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुग्ने सम्भावना जीवित बनाएको छ।

स्विट्जरल्यान्डले पाँच पटकको विश्वकप विजेता ब्राजिल सम्मिलित समूह ‘ई’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको हो। मंगलबार स्विडेनलाई पराजित गरे भ्लाद्मिर पेतकोभिचको स्विट्जरल्यान्ड ६४ वर्षपछि क्वार्टरफाइनल पुग्ने पहिलो टोली बन्नेछ। सबै खेलमा गोल गर्न सफल स्विट्जरल्यान्ड प्रतियोगितामा अपराजित टोलीमध्येको एक हो। गत अक्टोबरमा पोर्चुगलसँग पराजित हुनुबाहेक स्विट्रल्यान्डले पछिल्लो दुई वर्ष खराब नतिजाको सामना गर्नुपरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed