Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सरकारको रवैयाप्रति सभामुख पनि असन्तुष्ट, संसदमा उठेका सवालहरुको जवाफ दिन रूलिङ

Loading

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संसदमा उठेका विभिन्न सवालहरुको जवाफ दिन सरकार तथा मन्त्रीहरुलाई रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरुले आफूले उठाएका जल्दाबल्दा समस्याको समाधान गर्न सरकार उदासिन भएको भन्दै आपत्ति जनाएपछि सभामुख महराले सरकार र मन्त्रीहरुलाई रुलिङ गरेका हुन् ।

प्रतिनिधिसमा नियमावलीको दफा १५ (२) संसदमा उठेका कुनै पनि विषयको जवाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र लिखित वा मौखिक रुपमा दिनुपर्ने व्यवस्था गरे पनि मन्त्रीहरुले जवाफ दिएका छैनन् ।

बैठकमा सांसद विमलकुमार श्रीवास्तवले आफूले उठाएका सवालको जवाफ र समस्या समाधानका लागि सरकारले चासो नदिएको भन्दै आपत्ति जनाएका थिए ।

सोमबार पनि सांसदहरुले देशका जल्दा बल्दा विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed